बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट   

मंगलबार, माघ २७ २०७७

काठमाडौं, 
नागार्जुन नगरपालिका २ देवनगरस्थित गोरखाका २५ वर्षीय नारायण प्रसाद पन्तको न्यू पन्त स्टोर किराना पसल लगायत ३ वटा सटरहरुमा करेन्ट सर्ट भई सोमबार राति आगलागी हुँदा करिब १६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी तारकेश्वर नगरपालिका ८ फुटुङमा ललितपुर महानगरपालिका २ सानेपाका ५२ वर्षीय पवन गअरको श्री शिवशक्ति प्रोडक्ट प्रालिमा करेन्ट सर्ट भई सोमबार बेलुका आगलागी हुँदा पराग र गुटखा लगायत जलेर करिब १ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

महोत्तरी, बर्दिबास नगरपालिका ८ खजुरिया टोल बस्ने गोपाल गुर्माछाने मगरको घरमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा काठपात, खाद्यान्न, भाँडावर्तन र नगद ६० हजार रुपैयाँ जलेर करिब ५ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
संखुवासभा, चैनपुर नगरपालिका ३ सिद्वकाली बस्ने राम कुमार लिम्बुको घरमा सोमबार बेलुका आगलागी हुँदा ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।