आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एकाबिहानै ५.४ रेक्टर स्केलको भूकम्प गयो

मंगलबार, माघ २७ २०७७

काठमाडौं । आज बिहानै ताप्लेजुङमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा केन्द्रविन्दु भएर बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु भएको ओलाङचुङगोला चीनसँगको सिमाना हो ।

 भूकम्पको धक्का भने जिल्लाको सदरमुकामसम्म महसुस भएको थियो ।

ताप्लेजुङ आसपासको क्षेत्रमा घरहरु हल्लिएको भए पनि के कति क्षति भए नभएको यकिन विवरण भने आइसकेको छैन ।