आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

न्युज २४ले चोर्यो रवीको बौद्धिक सम्पत्ति

बुधबार, माघ १४ २०७७

‘सिधाकुरा जनतासँग’ को ट्रेडमार्कका विषयमा अनिल जोशी र लामीछानेका विचमा विवाद

न्यूज २४ टेलिभिजनवाट रवी लामीछाने वाहिरिएपछि टेलिभिजन मालिक अनिल जोशी र लामीछानेका विचमा ‘सिधाकुरा जनतासँग’ को ट्रेडमार्कका विषयमा समस्या देखिएको छ ।

चर्चित पत्रकार, सफल प्रस्तोता तथा राम्रो फ्यान र फलोअर्स भएका लामिछानेले ‘सिधा कुरा जनतासँग’ लाई थप परिस्किृत गरेर लिएर आउने वाचा गरेका छन् । तर, टेलीभिजनले सोहि कार्यक्रमलाई निरन्तरता दिन थालेको छ ।

रवि लामिछानेको भदौ ८ गतेको अन्तिम एपिसोडपछि कार्यक्रम ‘सिधा कुरा जनतासँग’ वन्द हुने सोचिएको थियो । तर, संस्थाले सम्झना भुजेललाई नयाँ प्रस्तोताको रुपमा नियुक्त गरेर कार्यक्रमलाई निरन्तरता दिएको छ । चलिरहेको प्रस्तोता वाहिरिएपछि नयाँ प्रस्तोतालाई अबसर दिनु राम्रो पक्ष हो तर, रवीको तुलनामा सम्झानाको प्रस्तुती फिक्का देखिएको भन्दै प्रतिक्रिया पनि सुरु भएका छन् ।
  
योसँगै कार्यक्रमको ट्रेडमार्कका विषयमा ठुलै समस्या हुने आशंका गर्न थालिएको छ । पत्रकार प्रेम वानियाँले पनि यो विषयलाई आंकलन गरेका छन् । लामिछाने र टेलीभिजनका तर्फवाट तयार पारिएको विज्ञापनलाई सामाजिक संजालमा राखेर उनी लेख्छन्–‘म चाहन्थें, यतिसम्म द्वन्द्व नभइदिएको भए हुन्थ्यो ! तर अब त यो कार्यक्रम नै कानुनी विषय बन्न पुगेछ ! मेरो साथी रवी र ‘मेरो’ टीभी न्युज २४ दुबैको जय होस् । जय स्वाभिमान !’

हुन त कार्यक्रमको ट्रेडमार्क रवीको स्वामित्वमा रहेको ‘रुचि एण्ड रिया प्रोडक्सन प्रालि’को नाममा रहेको वुझिएको छ । तर, फोन नउठाउँदा रवीसँगको विषय प्रष्ट हुन सकेको छैन । यति हुँदाहुँदै पनि टेलीभिजनले कार्यक्रमलाई निरन्तरता दिएपछि जोशीमाथि वौद्धिता चोरीको आरोप समेत लाग्न थालेको छ ।