बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ग्लोबल आइएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

बिहिबार, असोज २२ २०८३

काठमाडौं  । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र रहेका आफ्ना सबै शाखाबाट अमेरिकी डलर सटही सुविधा उपलब्ध गराएको छ।

विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने यात्रुहरूलाई विदेशी मुद्रा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका सबै शाखामार्फत सेवा विस्तार गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार अमेरिकी डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट र राहदानी लिएर आफूलाई पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन्।

नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमयसम्बन्धी व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमासम्म अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराइने बैंकले जनाएको छ।

यसअघि सीमित मुख्य शाखाबाट मात्रै नगद विदेशी मुद्रा लिनुपर्ने अवस्थाका कारण सेवाग्राहीलाई हुने असहजता अब हट्ने बैंकको विश्वास छ। उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा उपलब्ध भएपछि ग्राहकको समय बचत हुनुका साथै विदेश यात्रा थप सहज हुने बैंकले जनाएको छ।

यस सेवासम्बन्धी थप जानकारी तथा सोधपुछका लागि बैंकको ग्राहक सेवा केन्द्र ‘ग्लोबल कनेक्ट’ मा सम्पर्क गर्न सकिनेछ। ग्राहकले ०१-५९७०६०० मा फोन वा globalconnect@gibl.com.np मा इमेलमार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।