बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेट, सुनसरी घटनाबारे सर्वदलीय बैठकबारे जानकारी

बुधबार, साउन १३ २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति सचिवालयका अनुसार सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरेका हुन्।

भेटका क्रममा लामिछानेले मुलुकको समसामयिक राजनीतिक अवस्था, सुनसरीमा विकसित पछिल्लो घटनाक्रम तथा त्यसका सम्बन्धमा आफूले आह्वान गरेको सर्वदलीय बैठकका विषयमा राष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ।

भेटमा पछिल्लो राजनीतिक परिस्थिति, सामाजिक सद्भाव कायम राख्ने प्रयास तथा सुनसरी घटनापछि विकसित अवस्थाबारे समेत छलफल भएको जनाइएको छ।