आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बाँकेको कोहलपुरमा सेफ्टी ट्याङ्कीभित्र फसेर तीन मजदुरको मृत्यु

बुधबार, साउन १३ २०८३

बाँके । बाँकेको कोहलपुरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेका तीन जना मजदुरको मृत्यु भएको छ।

कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र बुधबार बिहान तीन जना मजदुर मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्मरपालले जानकारी दिए।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ३४ वर्षीय बिर्जा थारु, ४२ वर्षीय कालु थारु र २७ वर्षीय प्रकाश थारु रहेका छन्।

प्रहरीका अनुसार तीनै जना सेफ्टी ट्याङ्कीभित्र फसेपछि उद्धारका लागि जेसीबी प्रयोग गरी ट्याङ्की फुटाइएको थियो। तर बाहिर निकाल्दा उनीहरू मृत अवस्थामा फेला परेका थिए।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।