आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको आज संसदीय सुनुवाइ

बुधबार, साउन १३ २०८३

काठमाडौं । संघीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दैछ। आज संसदीय सुनुवाइ समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक तय भएको संघीय संसद् सचिवालयले जनाएको छ।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध परेका उजुरीका उजुरीकर्तासँग छलफल गरिने कार्यसूची रहेको छ। त्यसपछि प्रस्तावित कार्कीलाई समितिसमक्ष उपस्थित गराई सुनुवाइ गरिनेछ। समितिको बैठक बिहान ११ः१५ बजे बस्नेछ।

यसअघि समितिले मंगलबार निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बासँग सुनुवाइ सम्पन्न गरिसकेको छ।

यता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनामाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।