काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालले २५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा २५६ रन बनाउँदै अलआउट भएको हो।
नेपालका लागि आसिफ शेखले ९४ रनको उत्कृष्ट पारी खेले। अर्जुन कुमालले ४८ रन जोड्दा दीपेन्द्र सिंह ऐरीले ३३ रन बनाए।
अन्तिमतिर आरिफ शेख ले २४ बलमा ४३ रन बनाउँदै आक्रामक खेल प्रस्तुत गरे। उनले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेपालको स्कोर २५० पार गराएका थिए।
गुलशन झाले १७ रन बनाए भने कप्तान रोहित पौडेल ९ रनमै आउट भए। नन्दन यादवले २ रन बनाए। विनोद भण्डारी र करण केसीले खाता खोल्न सकेनन् भने सन्दीप लामिछाने १ रनमा रनआउट भए।
अब ओमानले जितका लागि ५० ओभरमा २५७ रनको लक्ष्य पछ्याउनेछ।