बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एनपीएलमा आज सुदूरपश्चिम र पोखरा भिड्दै

बुधबार, कार्तिक ११ २०८३

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा आज बुधबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ।

एनपीएलका अघिल्ला दुई संस्करणमा पोखराले सुदूरपश्चिमसँग दुवै खेलमा हार बेहोरेको थियो। त्यसैले आजको खेलमा पोखरा पुरानो नतिजा बदल्दै सुदूरपश्चिमविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ। यता सुदूरपश्चिम भने पोखराविरुद्धको अपराजित यात्रालाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछ।

सुदूरपश्चिमको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन्। टोलीमा विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे, नरेन साउद, हेमन्त धामी, मिलन बोहरा, दीपक बोहरा, टेकबहादुर रावत, हिक्मत महरा, अनिल खरेल, आयुव चन्द, सचिन भट्ट र टेकराज थलाल छन्।

सुदूरपश्चिमले विदेशी खेलाडीका रूपमा शेरफन रदरफोर्ड, स्कट कुगेलेइन, सैफ अली जैब, ब्रान्डन म्याकमुलेन र फेबियन एलेनलाई टोलीमा समेटेको छ।

यस्तै, पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन्। टोलीमा दिनेश खरेल, सागर ढकाल, अर्जुन कुमाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन घर्ती, सुदीप अर्याल, विवेक राना मगर, सन्नी विक, प्रतीक पोखरेल र विपिन आचार्य छन्।

पोखराले विदेशी खेलाडीका रूपमा शाकिब अल हसन, महेदी हसन, मोहम्मद सैफुद्दिन, चमिका करुणारत्ने र धनञ्जय लक्षणलाई टोलीमा राखेको छ।

आठ टोली सहभागी प्रतियोगिताको उपाधि विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता टोलीले ८० लाख रुपैयाँ पाउनेछ।