बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

लिग–२ मा नेपाल–ओमान भिडन्त, नेपालले फिल्डिङ गर्दै

बुधबार, बैशाख १६ २०८३

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा केहीबेरमै सुरु हुने खेलमा ओमानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। त्यसअनुसार नेपालले पहिले फिल्डिङ गर्नेछ।

ओमानका कप्तान जतिन्दर सिंहले टस जितेर ब्याटिङ रोजेका हुन्।

नेपालले पहिलो खेलमा यूएईलाई ३७ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेको थियो। यता ओमान भने यूएईसँग २५ रनले पराजित भएको थियो।

आजको खेलका लागि नेपालले एक परिवर्तन गरेको छ। ललित राजवंशीलाई विश्राम दिँदै गुलशन झालाई टोलीमा समावेश गरिएको छ।