काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। सुन प्रतितोला रु चार हजार ६०० ले घटेको छ भने चाँदी प्रतितोला रु १५० ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८१ हजार र सेतो धातु (चाँदी)को मूल्य रु चार हजार ६७० कायम भएको छ।
हिजो बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८५ हजार ६०० र चाँदी रु चार हजार ८२० थियो। गत बुधबार भने सुन प्रतितोला रु दुई लाख ८८ हजार ५०० र चाँदी रु चार हजार ९२० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य ४,४३४ अमेरिकी डलर र चाँदीको मूल्य ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।