बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एन आई सी एशिया क्यापिटल र होटल ईष्टर्न नेपालबिच सम्झौंता

मंगलबार, फाल्गुन ५ २०८२

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेडबिच सम्झौंता भएको छ । क्यापिटलले आफ्नो आईडियो टु आईपिओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपिओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ । सोही सेवा अन्तर्गत मेचिनगर–१०, झापामा कारोवार कार्यालय रहेको होटल ईष्टर्न नेपाल लिमिटेडको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानूनको अधिनमा रही भविष्यमा सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र होटल ईष्टर्न नेपाल लिमिटेड बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

होटल ईष्टर्न नेपाल मेचिनगर–१०, झापामा रहेको अन्तराष्ट्रिय स्तरको प्रस्तावित ५ तारे होटल हो । होटल ईस्टर्न नेपाल संचालनको लागि इन्टर कन्टिनेन्टल होटल ग्रुप—एशिया प्यासेफिक प्राली (आईएचजी) को ब्राण्ड अन्तर्गतको विश्व विख्यात ख्याती प्राप्त होलिडे इन एक्स्रेस एण्ड स्वीट्स संग व्यवस्थापकिय सम्झौता समेत सम्पन्न भइसकेको छ । जस अन्तर्गत होटलको समग्र व्यवसाय विस्तार, होटल संचालन तथा व्यवस्थापनमा प्रत्यक्ष सहभागिता रहने छ । निर्माणको अन्तिम चरणमा रहेको होटल ईष्टर्न नेपाल यही मिति २०८३ साल जेठ भित्र सफ्ट ओपनिङ्ग गर्ने लक्ष्य सहित सम्पूर्ण आवश्यक प्रकृया अगाडी बढाएको छ ।