बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

दर्जन बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाए

सोमबार, मंसिर २९ २०८२

काठमाडौँ । पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एक दर्जन बढी वाणिज्य बैंकले घटाएका छन्। यससँगै व्यक्तिगत मुद्दति निक्षेपमा औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ। आज सार्वजनिक बैंक सूचनाअनुसार पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु कायम भएको छ। मंसिर महिनामा यो दर ५.०४०५ प्रतिशतविन्दु रहेको थियो, जसअनुसार औसत ब्याजदर ०.२०६५ प्रतिशतविन्दुले घटेको हो।

१३ वटा बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन्। प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशत घटाएका छन् भने कुमारी बैंकले ०.३८ प्रतिशत घटाएको छ।

सात वाणिज्य बैंकहरू—सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक—ले मंसिर महिनाको अधिकतम ब्याजदर कायम राखेका छन्। पुस महिनामा ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन्। सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ।

त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ। पुस महिनामा पाँच वटा बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १५ बैंकले पुरानै दर कायम राखेका छन्।