शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

बैकहरुमा एक अर्ब रुपैँंयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

शुक्रबार, मंसिर २६ २०८२

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको रकम राख्न लागेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानीको अवधि तीन सय ६६ दिन अर्थात डिसेम्बर १८, २०२५ देखि डिसेम्वर १८, २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर २९ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।

लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि ८० करोड, बिकास बैंकहरुको लागि १५ करोड र फाईनान्स कम्पनीहरुको लागि पाँच करोड रुपैंयाँ छुट्याईएको छ ।

रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम प्रावधानहरु रहेका छन् ।