मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

शनिबार, असोज २४ २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा कायम गरिएको छ।

निर्धारित विनिमयदरअनुसार युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा रहेको छ। युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ३५ पैसा तथा स्विस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६४ पैसा तोकिएको छ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०८ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८० पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २३ रुपैयाँ आठ पैसा र बिक्रीदर २३ रुपैयाँ १७ पैसा तोकिएको छ।

साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६१ पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, यूएई दिराम एकको खरिददर ४२ रुपैयाँ छ पैसा र बिक्रीदर ४२ रुपैयाँ २३ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा रहेको छ।

त्यसैगरी, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११ रुपैयाँ ५६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५ रुपैयाँ ५७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १९ पैसा र बिक्रीदर २३ रुपैयाँ २८ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ५०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ५०३ रुपैयाँ २६ पैसा कायम गरिएको छ।

बहराइन दिनार एकको खरिददर ४०९ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१० रुपैयाँ ७० पैसा तथा ओमनी रियाल एकको खरिददर ४०१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न सकिनेछ।