काठमाडौ । नेपाल राष्ट्र बैंकले बैक तथा फाईनान्स कम्पनीहरुमा तीन अर्ब ४३ करोड ८५ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको रकम राख्न लागेको राष्ट्र बैंकको भनाई छ।
राष्ट्र बैंकका अनुसार बिभिन्न कोषमा रहेको रकम लगानीको अवधि तीन सय ६६ दिन अर्थात डिसेम्बर १७, २०२५ देखि डिसेम्वर १७, २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १२ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ । लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि दुुई अर्ब ७५ करोड एक लाख, बिकास बैंकहरुको लागि ५१ करोड ५६ लाख र फाईनान्स कम्पनीहरुको लागि १७ करोड १८ लाख रुपैंयाँ छुट्याईएको छ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम प्रावधानहरु रहेका छन्।