बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कसरी बढ्यो बैकिङ क्षेत्रमा खराब कर्जा ?

बुधबार, मंसिर ३ २०८२

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुलाई खराब कर्जाको व्यवस्थाप कार्य चुनौतीपुर्ण बन्दै गएको छ । बजारमा आर्थिक सुरक्षाको प्रत्याभुती नहुँदा पछिल्लो समय बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाह दुबैमा संकुचन आएको छ।

यो अवस्थामा बैंकहरुमा नयाँ कर्जाको माग आउन सकेको छैन भने पुरानो कर्जाबाट नियमितरुपमा सावाँ व्याज उठ्न सकेको छैन । पुरानो कर्जा असुलीको लागि पटक पटक बिगतमा आफलै गैर बैंकिङ सम्पतीकोरुपमा धितो सकार गरेको सम्पती लिलाम बिक्रीको लागि सार्वजनिक सुचना जारी गरेपछि धितो बिक्री हुन सकेको छैन । यसले गर्दा पछिल्लो समय बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप संंकलन, कर्जा प्रवाह र व्याज आम्दानीको नियमित चक्र नै खल्बलिएको छ । यसले गर्दा पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जा निरन्तर बढ्दै गएको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक बर्षको पछिलो दुई महिनामा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले कुल ७३ खर्ब ३१ अर्ब ४२ करोड ५० लाख रुपैंयाँ बराबरको निक्षेप संकलन गरी ५६ खर्ब १७ अर्ब ५१ करोड ३० लाख रुपैंयाँ बराबको कर्जा प्रवाह गर्दा औषतमा चार दशमलव ६२ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने बैंक तथा फाईनान्स कम्पनीहरुले कुल ६५ खर्ब २८ अर्ब ६६ करोड २० लाख रुपैंयाँ निक्षेप संकलन गरी ५२ खर्ब २३ अर्ब २० करोड ७० लाख रुपैंयाँ बराबरको कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ८६ प्रतिशत मात्र कर्जा खराब देखिएको थियो।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो दुई महिनामा बाँणिज्य बैंकहरुले मा त्र कुल ६५ खर्ब ८० अर्ब २७ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरी ४९ खर्ब ९१ अर्ब ३४ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा चार दशमलव ४४ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने बाँणिज्य बैंकहरुले कुल ५७ खर्ब ९८ अर्ब २५ करोड ७० लाख रुपैंयाँ बराबरको निक्षेप संकलन गरी ४६ खर्ब १८ अर्ब एक करोड ४० लाख रुपैंयाँ बराबरको कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ७६ प्रतिशत कर्जा खराब देखिएको छ । बिकास बैंकहरुले चालु आवको भदौ मसान्तसम्ममा कुल छ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैंयाँ निक्षेप संकलन गरी ५२ खर्ब २८ अर्ब चार करोड रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा पाँच दशमलव शुन्य तीन प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने बिकास बैंकहरुले कुल पाँच खर्ब ९७ अर्ब ७४ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरी पाँच खर्ब तीन अर्ब ६५ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा तीन दशमलव ६२ प्रतिशत कर्जा खराब देखिएको थियो।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो दुई महिनासम्ममा फाईनान्स कम्पनीहरुले भने एक खर्ब ३१ अर्ब ३७ करोड ४० लाख रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब ३६ करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा ११ दशमलव शुन्य पाँच प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले एक खर्ब ३२ अर्ब ३६ करोड २० लाख रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ५४ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा औषतमा नौं दशमलव ८७ प्रतिशत कर्जा खराब देखिएको थियो।