काठमाडौँ । मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक गरिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार सार्वजनिक गरेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।
त्यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने लगायतका निर्णयहरू समेत मन्त्रिपरिषद् बैठकले गरेको छ।

