बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पवन कुमार आचार्य सानिमा बैंकको सीईओमा नियुक्त

मंगलबार, कार्तिक २५ २०८२

काठमाडौं । पवन कुमार आचार्य सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नियुक्त भएका छन् । नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) को रुपमा कार्यरत आचार्य कात्तिक २४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी माघ १२ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी दिने बैंकले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । बैंकको हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल आगामी माघ ११ गतेबाट समाप्त हुँदैछ ।