काठमाडौं । फाईनान्स कम्पनीहरुको वित्तीय अवस्था कमजोर देखिएको छ । सञ्चालनमा रहेका १७ मध्ये हालसम्म १४ वटा फाईनान्स कम्पनीहरुले चालु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दा आधा दर्जन फाईनान्स कम्पनीहरु खुद नोक्सानीमा देखिनुले पनि वित्तीय अवस्था कमजोर देखिएको छ।
अपष्किृत वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा मञ्जुश्री फाईनान्सले चार करोड ६३ लाख ९४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा सेन्ट्रल फाईनान्सले एक करोड ८४ लाख ४४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । आईसीएफसी, मल्टीपर्पस र श्री इन्भेष्टमेन्ट फाईनान्सले पनि यस अवधिमा क्रमशः दुई करोड २४ लाख ५५ हजार, एक करोड ३५ लाख ६७ हजार र ३४ लाख ४३ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । जानकी र गुडविल फाईनान्सले पनि चालु आवको पहिलो त्रैमासमा क्रमशः १८ लाख ४५ हजार र तीन करोड ७३ लाख ८४ हजार रुपैंयाँ खुद मुनाफा कमाएकाछन्।
यि बाहेकका फाईनान्स कम्पनीहरुले भने खुद नोक्सानी बेहोरेका छन् । जसमध्ये रिलायन्स फाईनान्सले चालु आवको पहिलो त्रैमासमा १४ करोड ४८ लाख २७ हजार रुपैंयाँ खुद नोक्सानी बेहोर्दा नेपाल फाईनान्सले पनि पाँच करोड ९६ लाख ६० हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । प्रोग्रेसिभ, बेष्ट र गोर्खाजले पनि क्रमशः तीन करोड ९० लाख ८० हजार, पाँच करोड ४७ लाख १७ हजार र चार करोड २४ लाख १५ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका छन् । यसअवधिमा समृद्धि र गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीले पनि क्रमशः दुई करोड १७ लाख २० हजार र तीन करोड सात लाख ६६ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेका छन्।
