बैंकका ग्राहक एवं शेयरधनी बैंकको अवस्था र प्रमुख कार्यकारी मानन्धरको भुमिकाप्रति शंसकित
काठमाडौं । नियम बिपरितरुपमा काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले प्राईम कर्मसियल बैंकलाई कारवाही गरेपछि बैंकको अवस्था र प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरप्रति बैंकका आम ग्राहक एवं शेयरधनी शसंकित भएका छन् । यसघि पनि राष्ट्र बैंकको कारवाहीमा परेको प्राईम बैक चालु आवको पहिलो त्रैमासमा पनि कारवाहीमा परेपछि ग्राहक एवं शेयरधनी बैंकको पछिल्लो अवस्थाप्रति थप शसंकित भएका हुन ।
नेपाल राष्ट्र बैंक अन्र्तगतको बैंक सुपरिवेक्षण विभागले इजाजतपत्रप्राप्त “क” वर्गका बैंकहरु, बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई आ.व. २०८२÷८३ को पहिलो त्रयमासमा गरिएको कारवाही अन्र्तगत प्राइम कमर्सियल बैंक लिमिटेड कारवाहीमा परेको छ ।
राष्ट्र बैंकका अनुसार निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. २÷०८१ को बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा नं. ९ को उपबुँदा नंं. (१) बमोजिम केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएको हुँदा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको हो ।