बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बिकास बैंकहरुले पहिलो त्रैमासमा कमाए ६२ करोड ६५ लाख रुपैंयाँ खुद मुनाफा

कुन बैंकको नाफा कति ? हेर्नुहोस यस्तो छ तालिका

आइतबार, कार्तिक २३ २०८२

काठमाडौं । बिकास बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ६२ करोड ६५ लाख २० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । सञ्चालनमा रहेका १७ वटा बिकास बैंकहरु हालसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका १२ वटा बिकास बैंकहरुले यो मुनाफा कमाएका हुन ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा कामना सेवा बिकास बैंकले १९ करोड ७५४ लाख ८४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ ।

यस अवधिमा मितेरी डेभलपमेन्ट बैंकले भने दुई करोड ५२ लाख २३ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । साँग्रिला डेभलपमेन्ट बैंकले भने चालु आवको पहिलो त्रैमासमा आठ करोड ८२ लाख ११ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा लुम्बिनी बिकास बैंकले ३४ करोड ८५ लाख ७७ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । यसैगरी सिन्धु बिकास बैंकले पनि पछिल्लो अवधिमा चार करोड ४५ लाख ९७ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ । मुक्तिनाथ बिकास बैंकले भने चालु आवको पहिलो त्रैमासमा २२ करोड ४७ लाख ७४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यस अवधिमा ग्रिन डेभलपमेन्ट बैंकले भने तीन करोड एक लाख ५६ हजार रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ ।

चालु आवको पहिलो त्रैमासमा गरिमा, महालक्ष्मी र कर्पोरेट डेभलपमेन्ट बैंकले भने क्रमशः २५ करोड नौं लाख ७५ हजार, नौं करोड ७५ लाख १२ हजार र २९ लाख १४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । शाईन रेसुंगा र ज्योति बिकास बैंकले पनि यस अवधिमा क्रमशः २० करोड ३० लाख ४१ हजार र सात करोड तीन लाख ३४ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यि बाहेक बाँकी बिकास बैंकहरुको भने वित्तीय विवरण प्रकाशन हुन बाँकी रहेको छ ।