बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि रोकियो

बुधबार, भाद्र २५ २०८२

काठमाडौं । सर्वोच्च अदालतमा आगजनीका कारण सबै प्रकारका मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि रोकिएको छ ।

जेन–जी आन्दोलनको क्रममा मंगलबार भएको आगलागीले सर्वोच्चको इजलास, मिसिल, सर्भरलगायत सम्पूर्ण संरचना जलेर नष्ट भएपछि यस्तो निर्णय गरिएको हो ।

सर्वोच्च अदालतका रजिष्ट्रारद्वारा जारी सूचनामा भनिएको छ, “आगजनीका कारण अदालतमा रहेका मुद्दाका मिसिल, इजलास र अभिलेख जलेर नष्ट भएकाले आज तोकिएका पेशी स्थगित गरिएको छ । साथै, ओलीदेखि अन्य मुद्दासम्मको सुनुवाइ अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।”

आगोले सर्वोच्चलाई पूर्ण रूपमा ध्वस्त पारेपछि हालका लागि सम्पूर्ण मुद्दा प्रक्रियामा स्थगन भएको अदालतले स्पष्ट पारेको छ ।