काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दी बाहिर निस्किएपछि अवस्था अत्यन्तै तनावग्रस्त बनेको छ ।
नेपाली सेनाले घेरा हालेर नियन्त्रणमा लिन खोजे पनि कैदीबन्दी सडकसम्म पुग्न सफल भएका छन् ।
घटनापछि वरपरको क्षेत्रमा सुरक्षा निकायको व्यापक उपस्थिती देखिएको छ । स्थिति नियन्त्रणमा लिन सेनासँगै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
कारागारभित्र कैदीबन्दीहरूले तोडफोड र आगजनी गरेपछि नेपाली सेनाले हस्तक्षेप गरेको हो । कैदीबन्दीहरूले आफूहरू पनि भाग्न पाउनुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् । यसैबीच, कारागारभित्र आगो सल्किरहेको र बाहिर सेनाको कडा तैनाथी गरिएको जनाइएको छ ।