काठमाडौं । अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।
लुइजियाना राज्यको हाइवे ८० मा भएको कार दुर्घटनामा परी लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय रजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना घाइते भएका छन् ।
घाइते दुई जना नजिकैको अस्पतालमा उपचाररत छन् । एलएसपीले दुर्घटनापछिको नियमित रासायनिक परीक्षण (टक्सिकोलोजी)का लागि नमुना संकलन गरी परीक्षणका लागि पठाउन लागेको जनाएको छ ।
दुर्घटनापछि लुइजियाना टेक विश्वविद्यालयले जुलाई १४ तारिख एक सार्वजनिक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।