आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत विशेष अदालतमा

आइतबार, असार १५ २०८२

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् ।

बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  मुद्दा दायर भएलगत्तै उनी सांसद पदबाट निलम्बित छन् ।

पूर्वमन्त्री बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका थिए ।