बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

आइतबार, असार १५ २०८२

काठमाडौं । संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै छ । जसअनसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बस्दै छ ।

बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विषय विज्ञहरूबाट प्रस्तुतीकरण र छलफल हुने छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनेहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची राखिएको छ ।

बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने छ ।

त्यस्तै ,सदीय सुनुवाइ समिति ९संयुक्त०को बैठक पनि आज बस्दै छ । बिहान ८ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषद्का सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।