काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध कायमै राखेका छन् ।
प्रतिनिधि सभाको शनिवारको बैठकमा पनि रास्वपा र राप्रपाले अवरोध कायम राखेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि मुछिनुभएको आरोप लगाउँदै रास्वपा र राप्रपाले अवरोध जारी राखेका हुन् ।
बैठकमा बोल्दै रास्वपा सांसद गणेश पराजुलीले आफूहरुको आन्दोलन गहन अनुसन्धान गरी बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन आग्रह गरेको र आन्दोलन जारी रहने चेतावनी दिए ।
रास्वपाले आज पनि प्रतिनिधि सभामा विरोध जारी राख्ने निर्णय गरेका छ।
संसदीय दलको बैठकले सदन अवरोध जारी राख्ने निर्णय गरेको हो ।आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।