आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ठेकेदार मनोज भेटवाल पक्राउ

शुक्रबार, असार १३ २०८२

काठमाडौं ।  ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । उनी काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार समेत हुन् ।

उनलाई १० करोडको चेक अनादर मुद्दामा कठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको बताइएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको चेक बाउन्स आरोपमा जाहेरी दर्ता भएको थियो।

इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालकसमेत रहेका भेटवाल यसअघि ३ करोडको चेक बाउन्स आरोपमा पनि पक्राउ परेका थिए ।