आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

परराष्ट्रमन्त्री राणा आज रोम जाने

शुक्रबार, असार १३ २०८२

काठमाडौं  । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज इटलीको राजधानी रोम जाँदैछिन् ।

शनिबारदेखि आगामी विहीबारसम्म हुने खाद्य तथा कृषि संगठन एफएओको ४४औं सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ जान लागेकी हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र परराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरु सहभागी हुनेछन् ।