बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चुनावअघि कुन दल कतिबेला कोसँग किन मिल्छ ? कसैले चाल पाउँदैन : गोकुल बाँस्कोटा

शुक्रबार, असार १३ २०८२

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नेपालमा चुनाव अघि कुन दल कति बेला कोसँग किन मिल्छ भन्ने कुरा थाहा नपाइने विचार व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका एमाले नेता बाँस्कोटाले नेपाली राजनीतिमा घेराबन्दी हुनु र गर्नु सामान्य अभ्यास भएको बताए। यस कारण घेरा तोड्ने सरल सुत्र जनविश्वास पैदा गर्नु नै भएको जिकिर गरे।

उनले लेखेका छन्, ‘राजनीतिमा घेराबन्दी हुनु, गर्नु सामान्य अभ्यास हो। र, नेपालमा त दालभात बराबर किनकि यहाँ चनाव अघि नै कुन दल कति बेला कोसँग किन मिल्छरु कसैले चाल पाउँदैन र जवाफ पनि कसैलाई दिन पर्दैन। तसर्थ घेरा तोड्ने सरल सुत्र जनविश्वास पैदा गर्नु हो।’

वर्तमान सरकार परिवर्तनको हल्लाबीच नेता बाँस्कोटाले यस्तो भनाइ राखेका हुन् ।