काठमाडौँ । एमाले केन्द्रीय कार्यालय दान दिएको जग्गामा बनाउने निर्णय गलत भएको भन्दै फरक मत राख्दा निलम्बनमा परेका स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा भएको छ ।
२०८१ पुसमा पाण्डे, तिम्सेना र नेता भीम रावललाई निलम्बन गरेकामा पाण्डे र तिम्सेनाको कारबाही फुकुवा गर्ने निर्णय केन्द्रीय सचिवालय बैठकले गरेको हो । रावल भने एमालेबाट बाहिरिसकेका छन् ।
बुधबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कारबाही फुकुवा गरी जिम्मेवारीमा फर्काउने निर्णय गरेको प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए ।
स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनालाई जिम्मेवारीबाट ६ महिनाका लागि निलम्बन गरिएको थियो ।