आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

त्रिशूली नदीमा हामफालेकी महिला बेपत्ता

बुधबार, असार ११ २०८२

धादिङ । धादिङमा त्रिशूली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन्।

अन्दाजी ५६ वर्षीया साइँली गिरी बुधबार बिहान ८:४५ बजे धादिङको गल्छी गाउँपालिका-१ छांगेश्वर मन्दिरस्थित त्रिशूली नदीमा हाम फालेर  बेपत्ता भएको  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

गल्छि १ र ८ नम्बर वडा जोड्ने झोलुंगेपुलबाट उनी हामफालेको स्थानीयले जनाएका छन् ।

उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।