आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कहिले आउँछ एसइईको रिजल्ट ? कसरी हेर्ने नतिजा ?

बुधबार, असार ११ २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारीमा जुटेको छ।

बोर्डका अनुसार १५ असारसम्म नतिजा प्रकाशन भैसक्नेछ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा दशले एक सूचना निकालेर एसइईको नतिजा हेर्न सक्ने विकल्पहरूको बारेमा जानकारी दिएको छ।

बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको छ ।

नतिजा प्रकाशनका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न संस्थालाई स्वीकृति प्रदान गरिएको छ।