बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्याे उद्वार

बुधबार, असार ११ २०८२

ललितपुर ।  ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
नुवाकोट घर भई पुनर्जिवन अस्पताल बालकुमारी ललितपुरमा उपचार भईरहेका १८ वर्षिय युवक बुधबार बिहान करीव ६ः४० बजे मनहरा खोलामा हामफालेको प्रहरीले जनाएको छ ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकालि गण ललितपुरबाट नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी टोलीले उनको सकुशल उद्वार गरेको हो ।

उद्वार गरिएका उनको अवस्था सामान्य रहेको बताइएको छ ।