बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेको सचिवालय बैठक बस्दै

बुधबार, असार ११ २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबार बस्दैछ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ ।

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्‌राइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।