आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भिजिट भिसा प्रकरणमा बनाइएको छानबिन समिति रास्वपा र राप्रपाले स्वीकार नगर्ने, गरे संसद बहिष्कार

मंगलबार, असार १० २०८२

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा)ले भिजिट भिसा प्रकरण गर्न बनेको उच्चस्तरीय अध्ययन एवं छानबिन समितिलाई अस्वीकार गरेको छ। छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरेका छन् ।

दुइटै पार्टीले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै आफूहरुलाई अमान्य भएको बताउँदै सदन बहिस्कार गरे ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा छानबिन समिति गठन भएको र कार्यादेशबारे जानकारी गराएका थिए ।

सोपश्चात रास्वपाका डा. स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले बोल्दै असहमति जाहेर गरे ।

वाग्लेले बोल्दै उक्त छानबिन समितिलाई अस्वीकार गरेको बताएका हुन्। गृहमन्त्री लेखक आफैंले प्रस्ताव गरेका व्यक्तिबाट छानबिन हुन नसक्ने उनले बताए।

‘आरोपीले नै आफै अनुसन्धान अधिकृत छान्दै जाने भएको हो। हामी नयाँ हौं तर बेवकुफ होइनौं। जाँचबुझ आयोग ऐन अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्नुपर्छ भनेका हौं। यसरी गोजीबाट मान्छे टिपेर ल्याउन नसकोस् भनेर,’ उनले भने।

वाग्ले र शाहीले बोलेपछि रास्वपा र राप्रपाका सांसदहरु संसद बैठकबाट बाहिरिएका छन् ।