आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रिता सिंह जोडिएको बालमन्दिर जग्गा प्रकरणमा तत्कालीन महासचिव श्रेष्ठ धरौटीमा रिहा

मंगलबार, असार १० २०८२

काठमाडौं । नक्सालको बाल मन्दिर जग्गा हिनामिना प्रकरणका एक प्रतिवादी धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले सोमबार तत्कालीन महासचिव गणेशभक्त श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनीसहित बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्ध वैशाख २४ गते अदालतमा मुद्दा दायर भएको थियो । सिंह उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।

बालमन्दिरको जग्गा लिजमा दिँदा अनियमितता गरेको उनीहरूमाथि आरोप छ । नेपाल बाल संगठनलाई हानिनोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी परेको थियो ।