बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दुर्गेश थापाले भने : धन्यवाद प्रधानमन्त्री ज्यु, केपी बा

देशको प्रधानमन्त्रीले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिन्नु भएको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय पक्कै हो।

सोमबार, असार ९ २०८२

काठमाडौं । गायक दुर्गेश थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद ज्ञापन गरेका छन्।

गायक थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतको भ्युज पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको भन्दै प्रधानमन्त्री ओलीले थापालाई बधाई दिँदै आफ्नो फेसबुकमा पोष्ट गरेका थिए।

सोही पोष्टलाई रिसेयर गर्दै गायक थापाले भावुक हुँदै प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन गरेका हुन्।

‘आजको नयाँ पीढीले बेग्लै स्वादका गीत/ संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्‍यै’ गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई!’ प्रधानमन्त्री ओलीले लेखेका थिए ।

उक्त पोष्टलाई शेयर गर्दै गायक दुर्गेशले लेखेका छन्, ‘नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननिय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ।’

‘दुश्मन हेरेको हेर्‍यै’ गितमा करोड भ्युजको सफलता प्रति सार्वजनिक रूप बाटै बधाई र शुभकामना दिई हामीलाई दिनुभएको स्नेहले मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको छ।’ उनले भनेका छन् ।

देशको प्रधानमन्त्रीज्यूले नेपाली गीत–संगीतको मूल्य र सम्भावना चिन्नु भएको यो क्षण सम्पूर्ण सिर्जनशील पुस्ताका लागि गर्वको विषय भएको थापाले लेखेका छन् ।

गायक थापाले थप भनेका छन्, उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो।’

उनले भने, ‘म प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।’