काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले संसदमा आपक्तिजनक अभिव्यक्ति दिएको भन्दै सत्तारुढ दल नेकपा एमालेले आपत्ति जनाएको छ । सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको भन्दै बाँकी जिल्ला अर्को देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति राखेपछि सदनमा लफडा भएको हाे ।
बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताएका थिए । बाँकी जिल्ला नेपाल नै नरहेको जस्तो व्यवहार सरकारले गरेको भनेर सरकारलाई प्रश्न गरे ।
त्यसपति संसद्मा आरोप प्रत्यारोप चलेको थियो ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सिंहको त्यो भनाइमा नियमापत्ति जनाउँदै राष्ट्रघाती अभिव्यक्ति दिएकोमा सिंहलाई कारबाही गर्न माग गरे ।
‘देशलाई अन्यत्र गाभौं भन्ने देशद्रोही अभिव्यक्ति । सार्वभौमिकता, अखण्डताविरोधी भनाइ राख्नेलाई कारबाही गर्नुपर्छ । विगतमा पनि उहाँको अभिव्यक्ति राम्रो छैन । हामी राष्ट्रघाती अभिव्यक्ति सुनेर बस्न सक्दैनौं । कारबाहीको विषय बनाइयोस्’, बर्तौलाले भने ।
सांसदले अमरेशमाथि कारबाहीको माग गरेपछि सभामुखले सिंहको उक्त भनाइ रेकर्डबाट हटाउन निर्देशन दिए ।