आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको नाराबाजी

आइतबार, असार ८ २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग राख्दै रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्।

विनियोजन विधेयकमाथिको विभिन्न शीर्षकमाथिको छलफलका लागि बसेको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाले उठेर विरोध जनाएका हुन्।

रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कार बाबजुद सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ ।

रास्वपाका सांसद असिम साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा अडान दोहोर्‍याए ।

प्रतिनिधि सभामा अहिले बजेटमाथिको छलफल भइरहेको छ।

आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ। यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ।

यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गरेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पनि पढेर सुनाएका थिए।