बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुनको भाउ बढ्यो, कति पुग्यो आज ?

आइतबार, असार ८ २०८२

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फेरि सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।

यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

यसैबीच आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।