आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

शुक्रबार, असार ६ २०८२

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत आज आर्थिक मामिला उपसमिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

विहान ११ बजे बस्ने आर्थिक मामिला उपसमितिको बैठकको बैठकमा जेठ १५ गतेको बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिने कार्यसूची छ ।

यसैगरी बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनएको छ ।