शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

सभामुखले थाले मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल

बिहिबार, असार ५ २०८२

काठमाडौं । रास्वपाले संसद अवरोध जारी राखेको विषयमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलसँग छलफल गरिरहेका छन् ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिल मन्त्री अजयकुमार चौरसिया, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेसकी सुशीला थिङ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।

मङ्गलबार स्थगित गरिएको बैठक आज बिहान ११ बस्ने कार्यतालिको थियो । तर, अहिलेसम्म बैठक सुचारू भएको छैन ।

नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमति गरेपछि सदनको कारबाही सुरु भएको थियो तर राप्रपा र रास्वपाले अहिले पनि आफ्नो अडान छाडेका छैनन् ।