आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मिश्र पनि तीन लाख धरौटीमा रिहा

बुधबार, असार ४ २०८२

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश तारादेवी महर्जनको इजलासले मंगलबार मिश्रलाई रु तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो। मंगलबारको थुनछेक बहसमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएको थियो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र विरूद्ध सरकारले राज्य विरूद्धको कसुर, आपाराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।

यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा धवलशमशेर राणा ३ लाख धरौटीमा सोमबार छुटेका थिए ।