आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सहमतिको नाममा माओवादीबाट झारो टार्ने र हामीलाई झुक्याउने काम भयो : रास्वपा

आइतबार, असार १ २०८२

काठमाडौं । दुई बुँदे सहमतिको नाममा प्रतिपक्ष दललाई माओवादी केन्द्रले झुक्याएको रास्वपाले आरोप लगाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रतिपक्षी दलहरुलाई धोका दिएको बताएका हुन् ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाए । रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको र प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारो टार्ने काम भएको उनको भनाइ छ ।

सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको पनि उनको आरोप थियो । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।

उनले भने, प्रमुख प्रतिपक्षले गरेको सहमति ठोस र कार्यान्वयन गर्ने र न्याय दिने हिसावमा भएन । जुन तहको छानविन हुनुपर्ने हो त्यो अनुसार हुन सकेन । झारो टार्ने काम र हामीलाई झुक्याउने काम भयो । रास्वपाले सहमति गरेन । सभामा विवेक चाहिन्छ ।’

उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको पनि बताए ।