आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे प्रधानमन्त्री मोदीले

शुक्रबार, जेष्ठ ३० २०८२

अहमदाबाद । अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् ।

सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि सिभिल अस्पताल पुगे, जहाँ दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ ।

प्रधानमन्त्री मोदीले अहमदाबाद विमान दुर्घटनाका एक मात्र बाँचेका विश्वकुमार रमेशलाई पनि अस्पतालमा भेटेका थिए।

बिहीबार दिउँसो अहमदाबाद एयरपोर्टबाट उडान भरेको केही मिनेट मै लन्डनका लागि उडेको एयर इन्डियाको विमान यहाँको मेडिकल कलेज क्याम्पसको होस्टेल माथी दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको आशंका गरिएको छ ।

अहमदाबाद एयरपोर्टमा अवतरण गरे लगत्तै प्रधानमन्त्री मोदी मेघानीनगर घटनास्थल पुगेका थिए।

बोइङ ७८७ ड्रिमलाइनर ९एआई १७१० सहरको सिभिल अस्पताल र बीजे मेडिकल कलेज क्याम्पस, सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हो । मृत्यु हुनेको संख्याबारे आधिकारिक जानकारी भने आएको छैन।