आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

तीनकुने घटना : प्रतिवादीहरूको थुनछेक बहस अन्तिम चरणमा

बिहिबार, जेष्ठ २९ २०८२

काठमाडौं । तीनकुने घटनाका प्रतिवादीहरूको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ।

चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्नको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध थुनछेक बहस अन्तिम चरणमा पुगेको हो।

काठमाडौं जिल्ला अदालतका  न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भइरहेको थुनछेक बहसमा सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । ११ जेठमा दायर भएको मुद्दाको १८ दिन बित्दा पनि आदेश आउन सकेको छैन ।

तीनकुने घटनामा प्रतिवादीमध्ये अहिले ३९ जना प्रतिवादी हिरासतमा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो ।

त्यसपछि सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित आठ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको छ ।