बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पत्रकार नारायण अर्यालमाथि पनि प्रहरी निगरानी, बासस्थान र कार्यस्थल वरिपरी सादा पोषाकका प्रहरी

बिहिबार, जेष्ठ २९ २०८२

काठमाडौं । नेपाल प्रहरीले पत्रकार नारायण अर्यालमाथि पनि निगरानी बढाएको छ ।

बिहीबार बिहानदेखि कुपन्डोलस्थित उनी बस्दै आएको घरमा सादा पोशाकका प्रहरी खटाइएको खबर छ ।

पत्रकार अर्यालले अर्का पत्रकार पाठकसँग जोडेर आफूलाई प्रहरीले खोजिरहेको प्रतिक्रिया दिएकाे पाइएकाे छ ।

अर्यालमाथि पनि निगरानी बढाएको अर्का पत्रकार भुपाल लुइँटेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, उनले भनेका छन्, ‘पत्रकार नारायण अर्यालमाथि पनि प्रहरी निगरानी । घरमा गएर सोधपुछ तथा उनको बासस्थान एवं कार्यस्थल वरिपरी सादा पोषाकमा प्रहरी परिचालन ।’

यसअघि बुधबार नेपाल प्रहरीले पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको खवर सार्वजनिक भएको थियो ।

साइबर ब्यूरोमा परेको जाहेरीका आधारमा पाठकविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

पाठकले तीन साताअघि कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको युट्युब भिडियो बनाएका थिए । त्यही भिडियोलाई लिएर पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको भनिएको छ ।