आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

साझा धारणा बनाउन बानेश्वरमा प्रतिपक्षी दलको बैठक

बुधबार, जेष्ठ २८ २०८२

काठमाडाैं ।  भिजिट भिसा प्रकरणमा साझा धारणा बनाउन बानेश्वरमा प्रतिपक्षी दलको बैठक सुरु भएको छ

संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिपक्षी दलहरुबीच छलफल सुरू भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा अघि सारेको पाँच बुँदे प्रस्तावमाथि साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक जारी छ ।

छलफलमा नेकपा (माओवादी केन्द्र), राप्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन्।

बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे,रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समिति गठनको माग गर्दै लामो समयदेखि प्रतिनिधि सभा बैठक अवरूद्ध छ।

प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि सहमति जुटाएर संसदको अवरोध खोल्ने वातावरण बनाउने दलहरूको तयारी छ।